२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिग असोज ३ गते देखि हुने



अ+ अ-

काठमाडौं । फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखी हुने भएको छ । 

अखिल नेपाल  फुटबल संघ (एन्फा) ले आज सबै पदाधिकारीहरु सँग छलफल गरेर ए डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको छ । आज (सोमबार) दिउसो एन्फा मुख्यालयमा बसेको ए डिभिजन लिग र एन्फा पदाधिकारीहरुको बैठकले लिगको मिति तय गरेको हो । बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता पर्सी बुधबारबाट खुला हुने बताएको छ । कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो । 

असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्गाएको सरस्वती यो सिजनमा हुने छैन । एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरेपनि सकिने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ए डिभिजन लिग भदौ देखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । सोही लक्ष्य अनुसार शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।