२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

बिपक्षीनेताहरुको निशानामा राष्ट्रपति र प्रधानमन्त्री ,पदको गरिमा नराखेको आरोप

बिपक्षीनेताहरुको निशानामा राष्ट्रपति र प्रधानमन्त्री ,पदको गरिमा नराखेको आरोप
अ अ+ अ-

काठमाडौ । बालुवाटारबाट प्रधानमन्त्री केपी ओेलीले आफूहरु बिरुद्ध फायर खोले लगत्तै बिपक्षी नेताहरुले जबाफी फायर फर्काएका छन् । बिपक्षीदलका नेताहरुले राष्ट्रपति बिद्यादेबी भण्डारी देखी प्रधानमन्त्री ओली माथी बिभिन्न आरोप हरु लगाउदै पदको गरिमा नराख्ने देखी ओलीको राजनीतिक भबिष्य समाप्त भएको टिप्पणी गरे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाउनुभएको छ । विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको लोत्सेहलमा बुद्धिजीवीसंग गरेको अन्तरक्रियामा बोल्दै उहाँले संविधानले दिएको राष्ट्रपतिको पदिय जिम्मेबारी र कर्तव्य पुरा नगरेर राष्ट्रपति भण्डारीले पदिय गरिमालाई नै समाप्त पारेको बताउनुभएको हो ।

संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दे उहाँले बहुमत पुराएर प्रस्ताव लैजादा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्याउनुभयो । संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायलयको निश्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उहाँले संविधानमा भएको व्यवस्था अनुसार नै अदालतको फैसला आउनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।

उहाँले अदालतले स्वतन्त्र न्यायलयको छबि कायम नै राख्नेमा आफु विश्वस्त रहेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?” प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा सभापति देउवालाई लोकतान्त्रिक मुल्य मान्यता छोडेर प्रचण्डपथमा हिडेको भन्दै विपक्षी गठबन्धनमा सहभागी दलका शिर्ष नेतामाथि तिखो टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरु महत्वपुर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाव दिनुभएको छ । अन्र्तक्रियामा बोल्दै नेता नेपालले सधै संस्कार र मर्यादाका कुरा गर्नेले नै अरुको मर्यादा राख्न नसकेको धारणा राख्नुभएको हो । उहाँले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुसरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आईतबार र सोमबारका भाषणहरु रेकर्ड गरेर राख्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरुले सम्मानपुर्ण सम्बोधन र भाषा प्रयोग नगरेको भन्दै बेला बेलामा संस्कार र संस्कृतिका कुरा गर्दै आउनुभएको छ । उहाँले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा विपक्षी गठबन्धनका नेता संगै नेता नेपालको तिखो आलोचना गर्नुभएको थियो । उहाँले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बहुलाहा कुकुरले टोकेको छ र भन्दै कटाक्ष गर्नुभएको थियो ।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यानदिन लायक रहेको भनी व्यंग्य गर्नुभएको हो । उहाँले भन्नुभयो “हामी आफै संस्कृति र संस्कारको कुरा गर्छौ । हामी आफ अरुको मान सम्मानको कुरा गर्छौ । तर हामी आफै त्यस्तो गर्छौ । यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरी आज हिजोको हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूको अभिव्यक्ति ।

उहाँको भाषण तपाईहरु सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ । हिजोको पनि आजको पनि । म पनि खोजिरहेको छु । सबै कुराहरु ध्यान दिनुपर्ने खालको रहेछ । सबैले सिक्नै पर्छ । पोजेटिभ सिकौ या नेगेटिभ सिकौ । सिक्नु चाहीँ पर्छ । माथि कस्तो छ त्यसको असर तल पर्छ । ‘मलाई बहुलाहा कुकुरले टोकेको छ र भनेर कति राम्रा कुरा गर्नुभएको छ उहाँले सबैको ध्यान जाओस् ।”

यसै गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताउनुभएको छ । अन्र्तक्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको हो । उहाँले सत्ताकेन्द्रीत भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफुले पाएको दाबी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा कलंकित र बद्नाम भएको तथा राजनीतिक भविश्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गाटीहरु चाल्न सक्ने खतरा रहेको अध्यक्ष दाहालले दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रुपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुल्ला षड्यन्त्र गरेको पनि अध्यक्ष दाहालले आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले हारेको अनुभुत आफुले गरेको भन्दै उहाँले नेपालको इतिहासमा प्रधानमन्त्री ओली सबैभन्दा कलंकित र बेइमान भएर जाने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘केपी जी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीको रुपमा, सबभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झुठ, बेइमानबाहेक केहि नजान्ने निरंकुशको रुपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । मलाई त कहिलेकाहीँ केपी जीलाई यसो सम्झिदाखेरी पनि कठै विचरा भन्नपनि मन लाग्छ । त्यत्रो वर्ष दुख ग¥या हो । चौध वर्ष जेल पनि बस्या हो हुँदो रहेनछ नि त दृष्टिकोण र प्रवृत्ति नभएपछि त जेल बसेर पनि के हुँदो रहेछ र ? त्यसकारण उहाँ चाहीँ ओरालो लागेकै रुपले बुझ्छु ।

अझै षड्यन्त्रका केही गोटीहरु चाल्नको लागि उहाँ जुनसुकै हदमा जाने खतरा पनि छ ।’ उहाँले ढिलै भएपनि प्रतिनिधिसभा पुर्नस्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गर्नुभयो । तथ्य, तर्क र प्रमाणले पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ नभएको उहाँले बताउनुभयो । यद्यपी संसद पुर्नस्थापना नै भएपनि ठुलो खेल चलिराखेको गन्ध आफुले पाएको उहाँले बताउनुभयो । पुर्नस्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै प्रचण्डले पुर्नस्थापित संसद संसद नहुनुभन्दा पनि नराम्रो स्थितिमा हुने आशंका समेत व्यक्त गर्नुभयो । अझैपनि ढुक्क हुनसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आज पनि म भन्छु संसद पुर्नस्थापना हुन्छ । त्यतिमात्रै होइन, शेरबहादुर जीकै नेतृत्वमा सरकार गठन गर्न परमादेश जारी पनि हुन्छ भनेर म भन्छु । अदालतले गर्छ किनकी संविधानको व्यवस्था अनुसार हाम्रो परम्परा र नजीर अनुसार त्यसो नहुनुपर्ने कारण नै छैन । संसद त पुर्नस्थापना हुन्छ । सबै तथ्य, तर्क, प्रमाण, नजिर सबै हेर्दा संसद पुर्नस्थापना हुने कुरामा आशंका गर्ने ठाउँ त छैन । तर म अझै विश्वस्त हुन सक्या छैन । अझै पनि एउटा खेल अलि ठुलै चलिराखेको पनि गन्ध आउँछ मलाई । अझैपनि पुर्नस्थपना नै गरेपनि त्यो पुर्नस्थापना, पुर्नस्थापना नहुनुभन्दा पनि रद्दी हुनपनि सक्छ । पुर्नस्थापनाले मात्रै समस्याको हल नहुनपनि सक्छ । त्यसो भएको हुनाले हामीले सर्तकता अलिकतिपनि छुटाउनुहुने, या भैहाल्छ पुर्नस्थापना, सरकार त बनिहाल्छ भनेर ढुक्क हुने स्थिति बनिसकेको जस्तो मलाई फिलिङ छैन ।’

अध्यक्ष प्रचण्डले सरकार अवैधानिक र असंवैधानिक भएको भन्दै यस सरकारले गरेका सम्पूर्ण संवैधानिक निकायहरुमा गरेका नियुक्तीलाई गठबन्धनको सरकारले खारेज गर्ने बताउनुभयो । ओली सरकारले गरेको निर्णय खारेजी गरेर मान्यता स्थापित हुनेगरी पुर्ननियुक्ति गरिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘यत्रो अवैधानिक सरकार छ । असंवैधानिक सरकार छ । उसले गरेका सबै काम, कारबाहीहरु कुनै मुल्य, मान्यतामा छैनन् । सबै अनैतिक छ ।

भ्रष्ट छ । गरेका नियुक्तिहरु अवैधानिक छन् । ति खारेजयोग्य छन् । गठबन्धनको तर्फबाट कुनै अवैधानिक ढंगले, असंवैधानिक ढंगले, अलोकतान्त्रिक ढंगले गरेका सबै नियुक्तिहरु खारेज गरिनेछ । मानिदैन तिनलाई । कुनै हालतमा मानिदैन । संवैधानिक नियुक्तिहरुपनि नाटकिय ढंगले, षडयन्त्रमुलक ढंगले गरिएका छन् । मैले न्याय क्षेत्रका साथीहरुसँग पनि लगातार छलफल गरेको छु । यि सबै खारेज गरिनुपर्छ र मान्यता स्थापित हुनेगरी पुर्ननियुक्ति गर्न जरुरी छ ।’

अध्यक्ष दाहालले सरकार कोभिड–१९ को महामारीबाट जनतालाई जोगाउन गम्भिर नरहेको बताउनुभयो । कमिसनको ध्यानमा लागेर कोभिडविरुद्धको खोप सरकारले ल्याउन नसकेको भन्दै उहाँले गठबन्धनको सरकारको पहिलो प्राथमिकता भने कोभिड–१९ र विपतिहरुबाट जनताको जिवन रक्षा गर्ने नै पहिलो प्राथमिकता हुने पनि उहाँले बताउनुभयो ।