• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सभामुखलाई दिइयो सरकारी निवासको साँचो



फाईल फोटो

काठमाडौँ । सभामुख देवराज घिमिरेलाई सरकारी निवासको साँचो बुझाइएको छ । सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले बुधबार सरकारी साँचो बुझेको जानकारी दिनुभयो ।

यसअघि सभामुखका लागि बालुवाटारमा रहेको सरकारी निवासमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्दै आउनुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई अर्को ठाउँको व्यवस्थापन नभएपछि सभामुखलाई मुख्य सचिवका लागि तयार निवास दिइएको बताइएको छ ।

तत्कालीन सभामुख कृष्णप्रसाद महरा पदबाट हटेपछि अध्यक्ष तिमिल्सिना सभामुखका लागि तोकिएको बालुवाटारको सरकारी निवासमा सर्नुभएको थियो ।

महरापछि सभामुख हुनुभएका अग्निप्रसाद सापकोटालाई लैनचौरस्थित अर्को सरकारी निवासमा राखिएको थियो । तर सभामुख घिमिरेले भने लैनचौरस्थित निवासमा बस्न नचाहेर बालुवाटारमै बस्ने चाहना राख्नुभएको थियो ।