१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली प्रयाङ्कस्टर आकाश सेडाई पक्राउ



अ+ अ-

काठमाडौं । प्रयाङ्कको नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक हैरानी दिने कसुरमा नेपाली प्रयाङ्कस्टर युट्युब च्यानलका सञ्चालक आकाश सेडाई पक्राउ परेका छन् ।

उनलाई काठमाडौं भोटाहिटी प्रहरी प्रधान कार्यलय साईबर ब्युरोले सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरु गरी सोको गोप्य भिडियो तयार गरी उक्त भिडियो युट्युब च्यानलमा राख्ने गरेको कसुरमा पक्राउ गरेको प्रहरी वरिष्ठ उपरिक्षक नविन्द अर्यालले जानकारी दिएका हुन् । 

प्रयाङ्कस्टर आकाश सेडाईको स्थाई ठेगाना झापा विर्तामोड न.पा. वडा नं. ४ भएपनि उनी हाल भक्तपुर जिल्ला कौशलटार बस्दै आएका  थिए ।

२७ वर्ष उमेरका प्रयाङ्कस्टार आकाश सेडाईलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाण्डौबाट हिजो (मंगलबार) प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाण्डौ जिल्ला अदालतको आदेशअनुसार ७ (सात) दिन म्याद थप गरी अनुसन्धान भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।