५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टियु मैदानमा आसिफले बनाए रेकर्ड, बने सर्वाधिक छिटो शतक हान्ने खेलाडी



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग २ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिजमा युएईका ब्याटर आसिफ खानले कीर्तिमानी शतक बनाएका छन् ।

आसिफले ४१ बलमा ४ चौका र ११ छक्काको सहयोगमा आफ्नो शतक पूरा गरे । आसिफले ४८ औ ओभरमा नेपालका स्पिनर सन्दीप लामिछानेको बलमा लगातार ४ छक्का प्रहार गरेका थिए ।

यससँगै उनी ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक हान्ने चौथो खेलाडी बनेका छन् । युएईबाट भने सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् ।

आसिफको विष्फोटक कीर्तिमानी शतकमा युएईले नेपाललाई जितको लागि ३ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।