५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डपछि माधव नेपाल, अनि मात्र देउवा प्रधानमन्त्री– विमलेन्द्र निधि



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि दोस्रो चरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस ललितपुर नगर समितिले बिहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा उहाँले तेस्रो चरणमा मात्र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुने बताउनुभयो । निर्वाचन गराउने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने उहाँको भनाइ थियो ।

उहाँले दलहरुबीच भएको सहमतिअनुसार गठबन्धन सरकार पाँच वर्षसम्म कायम रहने बताउनुभयो । नेता निधिले उपराष्ट्रपतिको निर्वाचनलगत्तै प्रधामन्त्री प्रचण्डले विश्वासको मत लिने र त्यसपछि कांग्रेस सरकारमा जाने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने उहाँको भनाइ थियो ।

कांग्रेसकै अग्रसरतामा एमालेसँगको गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) मु्क्त भएको भन्दै उहाँले त्यसपछि नै नेपालको राजनीतिक कोर्स करेक्सनमा गएको बताउनुभयो ।