२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले दिलाए नेपाललाई महत्वपूर्ण सफलता



फाईल फोटो
अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता सन्दीपले दिलाएका हुन्। उनले यूएईका कप्तान मोहम्मद वासिमलाई आउट गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका हुन् । मोहम्मद ४९ बलमा ६३ रन बनाएर सन्दीपको हातबाट एलबिडब्ल्यू आउट भए ।

नेपाललाई पहिलो सफलता ललित राजवंशीले दिलाएका थिए । उनले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे ।

यो समाचार तयार पार्दासम्म युएईले १६ं.१ओभरमा २ विकेट गुमाएर ९६ रन जोडेको छ ।

२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको यो अन्तिम खेल हो । घरेलु टोली नेपाल युएईविरुद्ध जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।