१२ श्रावण २०८३, मंगलवार
,
Latest
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई भारी पार्दै मोहम्मद वासिम, हाने अर्धशतक



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईका मोहम्मद वासिमले अर्धशतक बनाएका छन् । उनले ५ छक्का र २ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । मोहम्मदले हिजो पिएनजीविरुद्धको खेलमा शतक बनाएका थिए ।

नेपालले दोस्रो विकेटका लागि संघर्ष गरिरहेको छ । मोहम्मदको विकेट हात पारे नेपाललाई ठुलो सफलता मिल्नेछ ।
यो समाचार तयार पार्दासम्म युएईले १५ ओभरमा १ विकेट गुमाएर ८९ रन जोडेको छ ।

२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको यो अन्तिम खेल हो । घरेलु टोली नेपाल युएईविरुद्ध जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।