२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति उम्मेदवारमा सत्ता गठबन्धनभित्र सहमति जुट्न सकेन



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बालुवाटारमा बसेको १० दलको बैठक निश्कर्षविहीन भएको छ ।

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् ।

साझा उम्मेदवार तय गर्न प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि कुनै सहमति जुट्न नसकेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी थिए ।