२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपाको न्यायका लागि दलित अधिकारवादी सङ्घसंस्थाद्वारा विरोध प्रदर्शन



अ+ अ-

वाग्मती । काठमाडौँमा रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदिइएको भन्दै मकवानपुरमा दलित अधिकारवादी सङ्घसंस्थाले रुपाको न्यायका लागि दबाब सिर्जना गर्ने भएका छन् । रुपाको न्यायका लागि मकवानपुरमा आज र भोलि बुधबार विरोध कार्यक्रम हुने भएको छ ।

जिल्लामा असार २१ गतेसम्म निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामै विरोधका कार्यक्रम गर्ने दलित अधिकारकर्मी सुधन विश्वकर्माले बताउनुभयो । सुनारले न्याय नपाएसम्म विरोध कार्यक्रम जारी रहने उहाँले बताउनुभयो ।

मकवानपुरमा क्रियाशील १० दलित अधिकारवादी सङ्घसंस्थाले रुपा सुनारको कोठाभाडा विषयमा उचित छानबिन गरी न्याय प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेमार्फत जिल्लाका १० वटा दलित अधिकारवादी सङ्घसंस्थाले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ध्यनाकर्षण गराएका हुन् ।