२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपाको न्यायका लागि दलित अधिकारवादी सङ्घसंस्थाद्वारा विरोध प्रदर्शन



अ+ अ-

वाग्मती । काठमाडौँमा रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदिइएको भन्दै मकवानपुरमा दलित अधिकारवादी सङ्घसंस्थाले रुपाको न्यायका लागि दबाब सिर्जना गर्ने भएका छन् । रुपाको न्यायका लागि मकवानपुरमा आज र भोलि बुधबार विरोध कार्यक्रम हुने भएको छ ।

जिल्लामा असार २१ गतेसम्म निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामै विरोधका कार्यक्रम गर्ने दलित अधिकारकर्मी सुधन विश्वकर्माले बताउनुभयो । सुनारले न्याय नपाएसम्म विरोध कार्यक्रम जारी रहने उहाँले बताउनुभयो ।

मकवानपुरमा क्रियाशील १० दलित अधिकारवादी सङ्घसंस्थाले रुपा सुनारको कोठाभाडा विषयमा उचित छानबिन गरी न्याय प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेमार्फत जिल्लाका १० वटा दलित अधिकारवादी सङ्घसंस्थाले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ध्यनाकर्षण गराएका हुन् ।