२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

कृषकको मनोबल बढाऔँ, श्रमको सम्मान गरौँ: प्रदेश प्रमुख

कृषकको मनोबल बढाऔँ, श्रमको सम्मान गरौँ: प्रदेश प्रमुख
अ अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कृषकको मनोबल बढाई श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने बताउनुभएको छ । आज देशभर मनाइँदै गरेको ‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशवासीलगायत सम्पूर्ण नेपाली कृषक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले खाद्यान्नको प्रमुख आधार मानिएको धानको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउन कृषि, कृषक र श्रमको उच्च सम्मान हुनुपर्नेमा जोड दिनुभएको हो ।

प्रदेश प्रमुख कलौनीले शुभकामना सन्देशमार्फत भन्नुभएको छ, “कृषि प्रधान हाम्रो मुलुकमा कृषकको मनोबल उच्च बनाई उहाँहरूको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ यो दिनमा हिलो खेल्ने, दही चिउरा खाने गरिन्छ । रोपाइँमा एकापसमा सघाउने ९परिमो० र रोप्दै असारे भाकाका गीत गाउनेजस्ता क्रियाकलापले आपसी भाइचारा, आत्मीयता र सामाजिक एकतालाई थप बलियो बनाउँदै आएको छ ।”

उहाँले ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ यस वर्षको मूल नाराले मुलुकमा धानको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षाको अवस्थामा सुधार, आयात प्रतिस्थापनबाट धानमा आत्मनिर्भर र व्यावसायिक उत्पादनमार्फत समृद्धि हासिल गर्न सकिने विद्यमान अवस्थालाई चित्रण गरेको जनाउँदै त्यसका लागि निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक कृषिमा रुपान्तरण गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

कोभिड–१९ को महामारीबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी कृषि कर्ममा लाग्न आह्वान गर्नुभएका प्रदेश प्रमुख कलौनीले व्यावसायिक कृषिप्रति नयाँ पुस्ताको आकर्षण बढाउन सकिए कृषिमा आत्मनिर्भर नेपाल निर्माणमा सघाउन पुग्ने र त्यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने विश्वास लिएको जनाउनुभएको छ ।