२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते (सोमबार) विश्वासको मत लिनुहुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते एमाले लगायतको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले पुस २६ गते विश्वासको मत लिनुभएको थियो । उहाँलाई संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका थिए ।

तर, कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पधानमन्त्री दाहालले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।

एमाले र राप्रपाले प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिँदा रास्वपाले भने समर्थन कायमै राखेको छ ।