• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते



पोखरा । कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ भकुन्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवाको आक्रमणबाट २ जना घाइते भएका हुन् ।

चितुवाको आक्रमणबाट घाइते हुनेमा रुपा गाउँपालिका ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षीय राजेश तिमिल्सिना रहेका छन् । ठकुरीको स्थानीय मेडिकल र तिमिल्सिनाको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

स्थानीय, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने क्रममा चितुवा झाडीमा मरेको अवस्थामा फेला परेको र वन कार्यालयको जिम्मा लगाइएको कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीले बताए।