५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते



फाइल फोटो
अ+ अ-

पोखरा । कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ भकुन्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवाको आक्रमणबाट २ जना घाइते भएका हुन् ।

चितुवाको आक्रमणबाट घाइते हुनेमा रुपा गाउँपालिका ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षीय राजेश तिमिल्सिना रहेका छन् । ठकुरीको स्थानीय मेडिकल र तिमिल्सिनाको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

स्थानीय, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने क्रममा चितुवा झाडीमा मरेको अवस्थामा फेला परेको र वन कार्यालयको जिम्मा लगाइएको कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीले बताए।