२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायव महान्यायाधिवक्तालाई प्रश्न– प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने र नगर्ने भन्ने त संसद्मार्फत जाने होइन र ?



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने र नगर्ने भन्ने त संसद्मार्फत जाने होइन र ? भन्दै सरकारी पक्षका कानून व्यववासायीलाई प्रश्न गर्नुभएको छ ।  

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालगायत १ सय ४६ सांसदले दायर गरेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइका क्रममा मङ्गलबार प्रधानन्यायाधीश राणाले नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई विश्वासको मत व्यक्त गर्ने ठाउँ कहाँ हो भनेर जिज्ञासा राख्नु भएको छ । 

प्रधानन्यायधीस राणाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने र नगर्ने भन्ने त संसद्मार्फत जाने होइन र ? विश्वासको मतको परिणाम त संसद्मार्फत जाने होइन र ? छलेर जान मिल्छ रु भन्दै जिज्ञासा राख्नु भएको छ ।

सुनुवाईका क्रममा पाण्डेयले संविधानको धारा ७६ को उपधारा ३ को प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वसको मत प्राप्त गर्ने आधार नदेखेमा राष्ट्रपति कहाँ गएर मार्ग प्रशस्तको निर्णय सुनाउने र धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउन सिफारिस गर्न सक्ने बताउनु भएको थियो । उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न सक्दिन नसक्ने भन्ने लागेमा संसद्मा जानैपर्छ भन्ने नभएको बताउनु भयो ।