एजेन्सी । हङकङले बेलायतबाट हुने सबै उडानमा प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण जोखिमलाई मध्ये नजर गर्दै हङकङले बेलायतबाट हुने सबै उडानलाई अस्थायी रुपमा बन्द गर्ने भएको हो ।
हङकङले बेलायतलाई अति जोखिम युक्त मुलुकका रुपमा सूचीकृत गर्दै सबै उडानहरुमा प्रतिबन्ध लगाउने जनाएको छ ।
हङकङले यो प्रतिबन्ध जुलाई १ देखि लागु गर्नेछ ।
बेलायतमा पछिल्लो समय बढीरहेको कोरोना भाईरसको डेल्टा भेरियन्टको संक्रमण जोखिमको आधारमा यस्तो निर्णय गरिएको हङकङका अधिकारीहरुको भनाई छ ।