५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन सुनिन्छ खुट्टा ? थाहा पाउनुहोस् र बच्नुहोस्



अ+ अ-

काठमाडौं । खुट्टा सुन्निने कारण विभिन्न हुनसक्छ । त्यो समस्यालाई बुझेर हामीले सही उपचार गर्दा वा हुनु भन्दा पहिले नै यसका कारण थाहा पाए उपचारका लागि पनि धेरै सहयोग पुग्ने गर्दछ । मोटोपना भएमा खुट्टा सुन्निने गर्छ । त्यस्तै दैनिक धेरै समय उभिनुपर्दा पनि यो समस्या देखा पर्ने गर्दछ । एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने व्यक्तिहरुलाई यो समस्या देखा पर्ने गर्दछ । गर्भावस्थाको समयमा उच्च रक्तचाप भएका बेला पनि खुट्टा सुनिन्छ । साथै गर्भवती महिलामा अन्य रोग लागेमा त्यसको साइड एफेक्टका कारण पनि यो समस्या देखिने गरेको पाईएको छ । 

असामान्य अवस्था:

मुटुसम्बन्धी: मुटु कमजोर भएमा, उच्च रक्तचाकाा बेला र भल्बको रोग भएमा

फोक्सोसम्बन्धी: दम भएमा

मिर्गौलासम्बन्धी:  मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने खुट्टा सुनिन्छ । (एजेन्सीको सहयोगमा)