२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले युएईसँग जिते विश्वकप छनोट खेल्ने, हारेमा के हुन्छ ?



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू मा बिहिबार हुने युएईविरुद्धको खेल जितेमा नेपालले अंक तालिकाको शीर्ष ३ मा रहदै विश्वकप छनोटमा स्थान बनाउने छ ।

नेपालले बिहिबारको खेलमा युएईलाई पराजित गरेमा विश्वकप छनोटमा टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउने छ ।

आईसीसी एकदिवसीय विश्वकप छनोट आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुनेछ । विश्वकप सुपर लिगको पुछारमा रहेका ५ टोलीले विश्वकप छनोट खेल्नेछन् । आयोजक जिम्बाबे र आयरल्याण्डले यसअघि नै छनोटमा स्थान पक्का गरिसकेको छ । टेस्ट राष्ट्रहरु श्रीलंका, वेस्ट इण्डिज तथा दक्षिण अफ्रिका मध्ये दुईले विश्वकप छनोट खेल्नेछन् ।

लिग टू बाट पनि विश्वकप छनोटमा पाचँ टोलीहरु सहभागि हुनेछन् । लिग टूको शीर्ष तीनमा रहने टोलीले सोझै छनोट खेल्न पाउछन् । शीर्ष तीनमा नपरेकाले पनि क्वालिफायर प्लेअफबाट शीर्ष दुईमा रहदै छनोटमा सहभागि हुन पाउछन् ।

लिग टू बाट स्कटल्यान्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाईसकेको छ । नेपालले पनि बिहिबार हुने खेलमा यूएईलाई पराजित गरे सोझै छनोट खेल्नेछ । नेपाल पराजित भएको खण्डमा भने शीर्ष तीनमा रहेको नामिबियाले सोझै विश्वकप छनोट खेल्नेछ ।

यूएईसँग पराजित भएतापनि नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ । क्वालिफायर प्लेअफमा शीर्ष दुईमा रहने टोलीले पुन विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले लिग टूमा पछिल्ला ११ मध्ये १० खेल जित्दै आएको छ ।

विश्वकप छनोटमा सहभागी रहने १० टोलीमध्ये शीर्ष दुई टोलीले आईसीसी विश्वकप खेल्नेछ । छनोटमा सहभागी रहदै शीर्ष दुईमा पर्न सके नेपालले भारतमा आयोजना हुने विश्वकप खेल्नेछ ।