२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले युएईसँग जिते विश्वकप छनोट खेल्ने, हारेमा के हुन्छ ?



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू मा बिहिबार हुने युएईविरुद्धको खेल जितेमा नेपालले अंक तालिकाको शीर्ष ३ मा रहदै विश्वकप छनोटमा स्थान बनाउने छ ।

नेपालले बिहिबारको खेलमा युएईलाई पराजित गरेमा विश्वकप छनोटमा टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउने छ ।

आईसीसी एकदिवसीय विश्वकप छनोट आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुनेछ । विश्वकप सुपर लिगको पुछारमा रहेका ५ टोलीले विश्वकप छनोट खेल्नेछन् । आयोजक जिम्बाबे र आयरल्याण्डले यसअघि नै छनोटमा स्थान पक्का गरिसकेको छ । टेस्ट राष्ट्रहरु श्रीलंका, वेस्ट इण्डिज तथा दक्षिण अफ्रिका मध्ये दुईले विश्वकप छनोट खेल्नेछन् ।

लिग टू बाट पनि विश्वकप छनोटमा पाचँ टोलीहरु सहभागि हुनेछन् । लिग टूको शीर्ष तीनमा रहने टोलीले सोझै छनोट खेल्न पाउछन् । शीर्ष तीनमा नपरेकाले पनि क्वालिफायर प्लेअफबाट शीर्ष दुईमा रहदै छनोटमा सहभागि हुन पाउछन् ।

लिग टू बाट स्कटल्यान्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाईसकेको छ । नेपालले पनि बिहिबार हुने खेलमा यूएईलाई पराजित गरे सोझै छनोट खेल्नेछ । नेपाल पराजित भएको खण्डमा भने शीर्ष तीनमा रहेको नामिबियाले सोझै विश्वकप छनोट खेल्नेछ ।

यूएईसँग पराजित भएतापनि नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ । क्वालिफायर प्लेअफमा शीर्ष दुईमा रहने टोलीले पुन विश्वकप छनोट खेल्न पाउनेछन् । नेपालले लिग टूमा पछिल्ला ११ मध्ये १० खेल जित्दै आएको छ ।

विश्वकप छनोटमा सहभागी रहने १० टोलीमध्ये शीर्ष दुई टोलीले आईसीसी विश्वकप खेल्नेछ । छनोटमा सहभागी रहदै शीर्ष दुईमा पर्न सके नेपालले भारतमा आयोजना हुने विश्वकप खेल्नेछ ।