२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

अध्ययन भन्छः एस्ट्राजेनेकाको खोप १० महिनाको अन्तरमा लगाउँदा झन् प्रभावकारी

अध्ययन भन्छः एस्ट्राजेनेकाको खोप १० महिनाको अन्तरमा लगाउँदा झन् प्रभावकारी
अ अ+ अ-

एजेन्सी । अक्सफोर्ड युनिभर्सिटीद्वारा एस्ट्राजेनेकासँगको सहकार्यमा निर्मित कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको पहिलो र दोस्रो डोजको अन्तर ४५ साता (१० महिना) राख्दा प्रभावकारी हुने अध्ययनले देखाएको छ ।

अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनको नतिजामा यो खोपको तेस्रो डोजले प्रतिरोधी क्षमता अझै बढाउने बताइएको छ ।

अध्ययनमा दुई डोज लगाउने समयको अन्तर जति धेरै बढाइयो प्रतिरोधी क्षमता त्यति धेरै बढेको पाइएको थियो । दोस्रो डोज लगाएको ६ महिनापछि बुस्टरको रुपमा तेस्रो डोज दिँदा कोरोनाविरुद्धको प्रतिरोधी क्षमता थप वृद्धि हुने अध्ययनमा पाइएको छ । बुस्टरको रुपमा दिइएको तेस्रो डोज खोपले कोरोनाका नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि पनि सहयोग पुग्ने पाइएको छ ।

यस्तै अध्ययनमा पहिलो डोज खोप लिएका मानिसमा विकास भएको कोरोनाविरुद्धको प्रतिरोधी क्षमता कम्तीमा एक वर्षसम्म रहने भनिएको छ । पहिलो डोजको तुलनामा दोस्रो वा तेस्रो डोज खोप कम प्रतिक्रियाजनक हुने पनि अध्ययनको नतिजामा उल्लेख छ ।

अक्सफोर्ड युनिभर्सिटीले गरेको दुई अध्ययनमा १८ देखि ५५ वर्ष उमेर समूहका कोरोनाविरुद्धको पहिलो वा दोस्रो डोज खोप लिइसकेका मानिसहरुको सहभागीता रहेको थियो ।

अध्ययनको क्रममा सहभागी ३० जना स्वयंसेवकले एस्ट्राजेनेकाले पहिलो डोज खोपमात्र लिएका थिए । उनीहरुलाई १० महिनापछि दोस्रो डोज खोप दिइएको थियो ।