२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिना जेल सजाय सुनाइयो



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । अदालतको मानहानी गरेको आरोपमा त्यहाँ सबैभन्दा ठूलो संवैधानिक अदालतले उनलाई सजाय सुनाएको हो ।

ज्याकब राष्ट्रपति हुँदा उनीविरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो। उनले कारोबारी घराना र राजनेतासँगको सहकार्यमा निर्णय लिने प्रक्रिया प्रभावित गरेको बताइएको थियो। ज्याकबको कार्यकाल २०१८ मै सकिएको थियो ।

उक्त विषयमा उनी एक अनुसन्धान आयोग समक्ष पेश हुनुपर्ने थियो। तर उनी उपस्थित भएनन् । एक पटक उपस्थिति जनाएर आरोप झुटो भएको उल्लेख गरेका थिए ।

उनी तत्काल गिरफ्तार हुन्छन् कि हुँदैनन् भन्ने कुरा प्रस्ट नरहेको बताइएको छ ।