२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिना जेल सजाय सुनाइयो



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । अदालतको मानहानी गरेको आरोपमा त्यहाँ सबैभन्दा ठूलो संवैधानिक अदालतले उनलाई सजाय सुनाएको हो ।

ज्याकब राष्ट्रपति हुँदा उनीविरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो। उनले कारोबारी घराना र राजनेतासँगको सहकार्यमा निर्णय लिने प्रक्रिया प्रभावित गरेको बताइएको थियो। ज्याकबको कार्यकाल २०१८ मै सकिएको थियो ।

उक्त विषयमा उनी एक अनुसन्धान आयोग समक्ष पेश हुनुपर्ने थियो। तर उनी उपस्थित भएनन् । एक पटक उपस्थिति जनाएर आरोप झुटो भएको उल्लेख गरेका थिए ।

उनी तत्काल गिरफ्तार हुन्छन् कि हुँदैनन् भन्ने कुरा प्रस्ट नरहेको बताइएको छ ।