२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार २६३६ जनामा कोरोना पुष्टि, ४३४८ निको



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४३४८ संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या २० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २५९ जनाको पिसिआर र ४ हजार ४९८ जनाको एन्टिजेन विधिबाट गरी ११ हजार ७४८ परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ३६ हजार ९१६ जनामा र एन्टिजेन परीक्षणबाट ३३ हजार ९४१ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ५ लाख ९२ हजार ५३५ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ९ हजार ७१ जनाको मृत्यु भएको छ ।