२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार २६३६ जनामा कोरोना पुष्टि, ४३४८ निको



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४३४८ संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या २० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २५९ जनाको पिसिआर र ४ हजार ४९८ जनाको एन्टिजेन विधिबाट गरी ११ हजार ७४८ परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ३६ हजार ९१६ जनामा र एन्टिजेन परीक्षणबाट ३३ हजार ९४१ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ५ लाख ९२ हजार ५३५ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ९ हजार ७१ जनाको मृत्यु भएको छ ।