२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि नै हो- कृषिमन्त्री नेम्वाङ (भिडियो सहित)

देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि नै हो- कृषिमन्त्री नेम्वाङ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री बसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताउनुभएको छ । 

मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशका समृद्धि हासिल हुने बताउनुभएको हो । 

कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनुभयो । देशको समृद्धिको मुल आधार कृषि क्षेत्र भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने कृषि हो । कृषिमा उत्पादन र उत्पादकत्व, खाद्य र पोषण सुरक्षादेखि लिएर यसलाई विशिष्टिकरण ढंगले अगाडी बढाएर, आयातलाई प्रतिस्थापन गरेर आत्मनिर्भरतातर्फ उन्मुख भएन भने समृद्धि प्राप्त गर्न सकिदैनँ । समृद्धि प्राप्त गर्ने हाम्रो राष्ट्रिय आकांक्षाको मुल आधार कृषिको विकास हो । त्यसमध्येको एउटा आधार धानबालीको उन्नयन र विकास हो ।’

मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेको उहाँले उल्लेख गर्नुभयो । धान बालीको विकासका लागि कुनै नीतिगत कुरा बनाउनुपर्ने भए मन्त्रालय तयार रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको अहमता, व्यापकता र आवश्यकतालाई अत्यन्तै ध्यान दिनु जरुरी छ । परम्परा र सांस्कृतिक रुपमा, महोत्सवको रुपमा, यसको उत्पादकत्व बढाउने कुरा, आधुनिकीकरण गर्दै उचित भण्डारण र व्यवस्थापन गर्दै लाने कुरामा स्पष्ट नीतिहरु बन्दैछ ।’

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको उल्लेख गर्नुभयो । मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै उहाँले आगामी वर्ष ६० लाख मेट्रिक टन धान फलाउनुपर्ने बताउनुभयो । उहाँले कृषकको खेतबारीमै पुगेर धान सम्बन्धी अध्ययन, अनुसन्धान तथा कृषि सम्बन्धी शिक्षा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले रासायनिक मलको कारखाना खोल्ने कामलाई अगाडी बढाएको उहाँले बताउनुभयो । कृषिको विकास तथा विस्तारका लागि स्थानीय तहले कार्यक्रमहरु केन्द्रीत गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।