२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाह ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित



अ+ अ-

काठमाडौं । अभिनेता पल शाह 'रियल हिरो अफ दि इयर'बाट सम्मानित भएका छन् । 

कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले उनलाई सम्मान गरेको हो । 

कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा सक्रिय अभिनेता शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको हो । 
 
सोमबार काठमाडौंमा आयोजित सहयोग कार्यक्रममा उनलाई प्रदान गरिएको सम्मान लिन पल भने उनी अनुपस्थित थिए । 

राहतकै लागि उपत्यका बाहिर रहेको कारण सम्मान लिन उनी अनुपस्थित भएका हुन् ।