२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकका वाढी पीडितकालागि ७५ थान प्रेसरकुकर सहयोग



अ+ अ-

वाग्मती । ललितपुर जिल्लाका रोटरी क्लवहरुको सञ्जालले सिन्धुपाल्चोकका बाढी पीडितहरुको लागि २७५ थान प्रेसरकुकर सहयोग गरेको छ । ललितपुर जिल्लामा अवस्थित रहेको १७ वटा रोटरी क्लवहरुको सञ्जालले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् २७५ थान प्रेसरकुकर सहयोग गरेको हो । 

बाढी पीडितलाई प्रेसकुकरको आवश्यकता रहेको भन्ने सुचनाका आधारमा आफुहरुले प्रेसरकुकर सहयोग गरेको रोटरीक्लव सञ्जालका संयोजक सुरेश आचार्यले बताउनुभयो । आफुहरुले राज्यको निकायलाई सहयोग हस्तान्तरण गरेर विपतीमा एकद्धार प्रणालीमार्फत् राहत तथा सहयोग वितरण गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको पनि उहाँले बताउनुभयो ।

सहयोग बुझ्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले राहत वितरणमा एकद्धार प्रणालीमा कसरी जान सकिन्छ भन्ने उदाहरण यो सञ्जाल बनेको बताउनुभयो । उहाँले छिटोभन्दा छिटो बाढी पीडितका लागि आएको प्रेसरकुकर प्रभावितको हातमा पु¥याउने बताउनुभयो ।

असार १ गते सिन्धुपाल्चोकमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा निकै ठुलो धनजनको क्षति भएको थियो । बाढी प्रभावितहरुका लागि अझैपनि विभिन्न निकायहरु मार्फत् राहत वितरण भइरहेका छन् ।