२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती प्रदेशसभाको बैठक असार १७ गते



अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार १७ गते दिनको ३ बजे बस्ने भएको छ । सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को बिनियोजित बजेट ,राजश्व र आयव्यय माथि  छलफल हुने बताइएको  छ । 

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक यही असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिनुभो । उहाँले  बुधबार विहान ११ वजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताउनुभयो । 

प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गर्नुभएको थियो ।