• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

गोरखामा ट्रक दुर्घटना: एकको मृत्यु, सातजना गम्भीर घाइते



काठमाडौँ । गोरखा बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश ३ ०१-००३ क ६१७० नम्बरको मिनी ट्रक सोमबार बिसौनी मोडमा सडकबाट करिब २० फिट तल खस्दा एक जनाको मृत्यु भएको हो।

दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ ।