• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा शपथ ग्रहण – फोटो फिचर



नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच सोमबार दिउँसो १ बजे कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराउनुभयो ।

नेपाली सेनाको एक टुकडीले नयाँ राष्ट्रपतिको सम्मानमा सम्मान गारद पेश अर्पण थियो। साथै, सैनिक मञ्च टुडिखेलबाट नेपाली सेनाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई २१ तोपको सलामी अर्पण गरेको थियो ।

शपथ समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रदेशसभाका सभामुखहरु, संवैधानिक निकायका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेता तथा सांसदहरू एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।

नयाँ राष्ट्रपतिलाई प्रधानमन्त्री प्रचण्डलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु र विशिष्ट पाहुनाहरुले बधाई तथा शुभकामना दिनुभएको थियो ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइ सम्मानस्वरुप प्रधानमन्त्री प्रचण्डले उपहार प्रदान गर्नुभएको थियो । निवर्तमान राष्ट्रपति भण्डारी शीतल निवासबाट विदाइ हुँदै गर्दा सेनाले उहाँको सम्मानमा विदाइ सलामी अर्पण गरेको थियो भने सैनिक मञ्च टुँडीखेलमा सेनाले २१ तोपको विदाइ सलामी अर्पण गरेको थियो ।

यही फागुन २५ गते बिहीबार भएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

फोटो – प्रदिपराज वन्त