१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिमा दिएको उम्मेदवारी निष्क्रिय बनाउने प्रमिलाको घोषणा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी निष्क्रिय गरेकी छन् ।

प्रमिलाले प्राविधिक रूपमा आफ्नो नाम उम्मेदवारको सूचीमा भए पनि प्रतिवद्धताका साथ जसपाकै रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावलीमा चारैजना उम्मेदवारको नाम प्रकाशन गरिसकेको छ ।

प्रमिलाले विज्ञप्ति जारी गर्दै मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता यादव नै उप-राष्ट्रपति योग्य र सक्षम उम्मेदवार भएको उल्लेख गरेकी छन् ।