४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिमा दिएको उम्मेदवारी निष्क्रिय बनाउने प्रमिलाको घोषणा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी निष्क्रिय गरेकी छन् ।

प्रमिलाले प्राविधिक रूपमा आफ्नो नाम उम्मेदवारको सूचीमा भए पनि प्रतिवद्धताका साथ जसपाकै रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावलीमा चारैजना उम्मेदवारको नाम प्रकाशन गरिसकेको छ ।

प्रमिलाले विज्ञप्ति जारी गर्दै मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता यादव नै उप-राष्ट्रपति योग्य र सक्षम उम्मेदवार भएको उल्लेख गरेकी छन् ।