१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

उपराष्ट्रपतिका उम्मेदवार यादव दलका नेतासँग भोट माग्दै

उपराष्ट्रपतिका उम्मेदवार यादव दलका नेतासँग भोट माग्दै
अ अ+ अ-

काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले विभिन्न दलका नेताहरुसँग भोट माग्न सुरु गर्नुभएको छ ।

चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि सोमबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भेट गरी भोट माग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति निर्वाचनबारे गठबन्धन दलहरुको बैठक बसेर थप निर्णय गर्ने आश्वासन दिनुभएको जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले बताउनुभयो । उहाँका अनुसार जसपा सांसद रामसहाय सत्ता गठबन्धनकै उम्मेदवार भएकाले योजनाबद्ध तरिकाले कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णय हुने प्रधानमन्त्री प्रचण्डले बताउनुभएको थियो ।

उपराष्ट्रपतिका उम्मेदवार यादवले यसअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी भोट माग्नुभएको थियो । भेटमा अध्यक्ष नेपालले उपराष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई प्रशिक्षण दिनेलगायतक विषयमा कुराकानी भएको सांसद यादवले बताउनुभयो ।

उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरी भोट माग्ने कार्यक्रम रहेको बताइएको छ ।

उपराष्ट्रपतिका लागि ४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपराह्न अन्तिम उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो । कार्यालयका अनुसार जसपाबाट रामसहाय यादवसँगै प्रमिलाकुमारी यादव, जनमत पार्टीकी ममता झा र नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यको उम्मेदवारी कायम भएको छ ।

यादवद्वय र झा सत्ता गठबन्धन दलमा आबद्ध हुनुहुन्छ ।