१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

जबरजस्ती रुपले एमसीसी लिएर आयो भने हामी त्यसको विपक्षमा मतदान गर्ने- देव गुरुङ (भिडियो सहित)

जबरजस्ती रुपले एमसीसी लिएर आयो भने हामी त्यसको विपक्षमा मतदान गर्ने- देव गुरुङ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले एमसीसी परियोजनाको विपक्षमा मतदान गर्ने भएको छ । बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । माओवादीले एमसीसी परियोजनालाई संशोधन र परिमार्जन नगरी यथास्थितिमा संसदबाट पारित गर्न नसकिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताउनुभयो ।

उहाँले एमसीसी परियोजना अगाडी बढाउने हो भने राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमती बनाउनुपर्ने बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सदन अवरुद्ध गरिरहेको अवस्थामा सदन सुचारु नभइकन कुनै पनि एजेण्डाहरु अगाडी बढ्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । प्रमुख प्रतिपक्षलाई सदन सुचारु गर्न आग्रह गर्ने पनि उहाँले बताउनुभयो । प्रमुख सचेतक गुरुङले भन्नुभयो – ‘दलको बैठकले मुख्य रुपमा ३ वटा निर्णय गरेको छ । पहिलो कुरा यो एमसीसीमा रहेका असमान सर्तहरु, असमान राष्ट्रिय हित प्रतिकुलका प्रावधानहरु संशोधन नगरीकन, परिमार्जन नगरीकन, यथास्थितिमा यसलाई अगाडी बढाउन सकिदैनँ, यसलाई पास गर्न सकिदैन ।

र जबरजस्ती रुपले पास गर्यो भने पनि, जर्बजस्ती रुपले लिएर आइयो भने हामी त्यसको विपक्षमा मतदान गर्ने, यसलाई संशोधन र परिमार्जन नगरीकन यसलाई समर्थन गर्न नसकिने । दोस्रो कुरा, सदन प्रतिपक्षी पार्टीले अवरुद्ध गरिराखेको अवस्था छ । सदन सुचारु गर्नलाई जोड दिने । सदन सुचारु नगरीकन कुनै पनि एजेण्डाहरु अगाडी बढ्दैन । त्यसकारणले सदन सुचारु गर्नलाई जोड दिने । विपक्षीसँग पनि आग्रह गर्ने । सदन सुचारु गर्नका लागि आग्रह गर्ने । तेस्रो कुरा, एमसीसीको इस्युमा राष्ट्रिय सहमती नजुटीकन दलहरुको बिचमा कमसेकम सर्वदलिय सहमती नजुटीकन यो प्रक्रिया अगाडी बढ्न सक्दैन । त्यसकारणले एमसीसी अगाडी बढाउने हो भने राष्ट्रिय सहमती जुट्नुपर्छ । दलहरुको बिचमा सहमती हुनुपर्छ । कमसेकम सरकारमा रहेका दलहरुको बिचमा सहमती हुनुपर्छ र दलहरुको बिचमा सहमती नभइकन यो अगाडी बढ्न सक्दैन भन्ने कुरा ३ वटा कुरा निर्णय भएको छ ।’

सत्तारुढ दलको सहमतीबिना एमसीसी परियोजना संसदबाट पारित भएमा गठबन्धन स्वत्ः तोडिने प्रमुख सचेतक गुरुङले बताउनुभयो । गठबन्धन तोडेर एमसीसी अगाडी बढाइए माओवादी केन्द्र सरकारबाट बाहिरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सरकारले जर्बजस्ती गर्न खोज्यो भनेदेखि त अब सहमती बिना गर्ने कुरा त सरकारले गठबन्धन तोडेर गर्ने कुरा हो । गठबन्धन तोडेर गइसकेपछि सरकारमा रहने कुरा सायद आउँदैन । सरकारबाट बाहिरीने कुराको बारेमा चाहीँ मैले भनिहाले नि, हामी पाँच दलको सहमती बिना, पाँच दलको निर्णय बिना सरकारको निर्णय हुन सक्दैन । सरकारको निर्णय पाँच दलको निर्णयको आधारमा हुन्छ । गठबन्धनको प्रणाली अनुसार दलहरुको सहमतीको आधारमा गठबन्धनको निर्णय नै सरकारको निर्णय हुन्छ । गठबन्धनको निर्णय बिना सरकारको निर्णय हुन सक्दैन । त्यसकारणले गर्दाखेरी गठबन्धनको निर्णय बिना सरकारले अथवा कुनै घटकले आफ्नो ढंगले चल्न खोज्यो भने गठबन्धन तोडियो भन्ने कुरा हुन्छ । गठबन्धन तोडियो भने सरकार पनि स्वत्ः तोडिने कुरा आउँछ ।’

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । सो बैठकमा सरकारले एमसीसी परियोजना टेबुल गर्ने तयारी गरेको छ ।