• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

ला लिगाः बार्सिलोनाको संघर्षपूर्ण जित



काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा शीर्षस्थानको बार्सिलोनाले एथ्लेटिक बिल्वाओलाई १–० गोलले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन खेलको पहिलो हाफको थप समयमा राफिन्हाले गोल गरे । उनको गोल नै पाहुना टोली बार्सिलोनाको जितमा निर्णायक रह्यो ।

जितसँगै बार्सिलोना २५ खेलबाट ६५ अंकसहित तालिकाको शीर्षस्थानमा यथावत छ । यता बिल्वाओ समान खेलबाट ३३ अंकसहित नवौं स्थानमा रहेको छ ।