काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन)मा स्ववियू निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले चैत २ गतेसम्म निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा रिट दायर गरेको थियो । विद्यार्थी समूहको तर्फबाट विप्लवी न्यौपानेले रिट दायर गरेकी थिइन् ।