१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल

प्रमिला यादवले उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता लिने

प्रमिला यादवले उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता लिने
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद एवं उपराष्ट्रपति पदकी उम्मेदवार प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिने हुनुभएको छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जसपाकै रामसहाय यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेपछि अर्की उम्मेदवार यादवले उम्मेदवारी फिर्ता लिने हुनुभएको हो ।

पार्टी प्रवक्ता मनिष सुमनका अनुसार निर्धारित समयमै यादवले उम्मेदवारी फिर्ता लिनु हुनेछ ।

जनता समाजवादी पार्टी (जसपा) का सांसद यादवविरुद्धच नेकपा (एमाले) की उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले उजुरी दिनुभएको थियो ।

आफूविरुद्ध परेको उजुरीको जवाफ दिन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम राख्ने जनाएको छ ।

राष्ट्रपति खस आर्यतर्फको हुँदा उपराष्ट्रपतिमा यादव फरक समुदायको हुनसक्ने भएपनि खारेज हुनसक्ने भयले जसपाले प्रमिला यादवलाई पनि अघि सारेको थियो ।