२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय विभेदको विषयमा म बाट गल्ती भयो: मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय विभेदको बिषयमा आफूबाट गल्ती भएको जनाउनु भएको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको भूमिकालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले उहाँलाई मंगलबार छलफलका लागि बोलाएको थियो । 

छलफलमा क्रममा मन्त्री श्रेष्ठले आफूले गल्ती महसुस गरेको जानकारी गराउनु भएको थियो । रुपमा सुनार प्रकरणमा प्रहरी हिरासतमाबाट मुक्त हुनुभएकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएर उहाँको निवासमा लैजानु भएको थियो । 

मन्त्री श्रेष्ठको यो कार्यको सर्वत्र आलोचना भएको थियो भने सोमबार नै प्रधानमन्त्री केपी ओलीले उहाँलाई सचेत गराउनु भएको थियो ।