५ असार २०८२, बिहीबार
,
Latest
नेपलको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङको ङिस्याङ गाउँपालिकाको हिममातपछिको अबस्था – फोटो फिचर



अ+ अ-

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको बस्ती ढाकिने गरी हिमपात भएको छ । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे (३,३०० मि) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा पनि हिमपात भएको छ ।

हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपात भएपछि स्थानीयवासी घर बाहिर निस्किन सकिरहेका छैनन् ।

समयमा हिमपात नहुँदा किसानहरु चिन्तित थिए । अहिले हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुसी भएका छन् । यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी हिमपात भएको छ । माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुने किसानहरुले अपेक्षा गरेका छन् ।

जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि किसान खुसी भएका हुन् ।

समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन तर पनि अहिले हिमपात हुँदा स्याउका जरामा पनि केही मात्रमा पानी पुग्ने यहाँका स्थानीयवासीले बताएका छन् । जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ ।