११ असार २०८२, बुधबार
,
Latest
प्रहरी संगठनलाई राजनीतिक प्रभावमुक्त बनाउन आवश्यकः सांसद गिरी प्रहरीबाटै जनताले सरकारको अनुहार हेर्छन्ः अध्यक्ष दाहाल विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छः प्रमुख सचेतक पाण्डे घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै कुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्: प्रचण्ड ३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीको ध्यानाकर्षण(भिडियोसहित)



अ+ अ-

काठमाडौं । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

आईतवार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यसबारेमा ध्यानाकर्षण गराउनुभएको हो । उहाँहरुले संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपति/उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताउनु भयो । उहाँले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवार अहिलेको सन्दर्भमा अनुपयुक्त भएकाले खस आर्य बाहेकको महिलालाई उम्मेदवार बनाउनुपर्ने बताउनु भयो । उहाँले खस आर्यबाट राष्ट्रपतिमा रामचन्द्र पौडेले निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार बनाउन योग्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय पनि हो । त्यसलाई प्रतिनिधित्व गराउने संविधानको प्रश्तावनाअनुसार नै होस् । पुरुष उम्मेदवारको उम्मेदवारी खारेज गरियोस् । कानूनले व्यवस्था दिएको छैन । निर्वाचन अधिकृतलाई ध्यानाकर्षण गराइएको हो । यसमा जोसुकै नेपाली नागरिकले उजुरी गर्न पाउँछ । संविधानको मर्म र भावना भनेको राष्ट्रपति/उपराष्ट्रपति मध्ये यो दुई चरण निर्वाचन गरेको पहिला महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि हो । संविधानको भावना पुरुष नै दुवै हुनुपर्ने होइन । खस आर्य महिला र पुरुष बाहेकको उम्मेदवारी योग्य हुन्छ त्यसैले हाामीले ध्यानाकर्षण गराएका हौँ ।’

अधिवक्ता खतिवडाले संविधानको मर्म र भावना भनेको राष्ट्रपति/उपराष्ट्रपति मध्ये दुई चरण निर्वाचन गर्नुको कारण महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि रहेको भन्दै पुरुष बाहेकको उम्मेदवारी योग्य रहेको बताउनु भयो ।