२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा एमाले बैठक सुरु, नेपाल पक्ष गएन



अ+ अ-

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी गरेको छ। 

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीलाई जेठ २ को संरचनामा फर्काउने निर्णयलाई महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्ने भएको हो।

 गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई बोलाइएको छैन ।