• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु



काठमाडौं । ओखलढुंगाबाट काठमाडौं आउदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौं आउदै गरेको बा २ खा ६५९६ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । बसमा सवार २४ जना घाइते भएका छन् ।

घाइतेको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ । घाइते रहेका ५ जनाको अवस्था गम्भीर रहेको छ ।