२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वकिलको बहस सकियो, अब ओलीका निजी वकिलले बहस गर्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सरकारी वकिलहरुले बहस सकिएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानून व्यवसायीहरुले बहस गर्ने भएका छन् । 

महान्यायाधिवक्ता रमेश बडालले सोमबार बहस गरेका थिए भने मंगलबार नायव महान्यायाधिवक्ताहरुले बहस गर्दा आज सह(न्यायाधिवक्ताहरुले बहस गरेका हुन्।

विपक्षीको लागि बहसका लागि १५ घण्टाको समय छुट्याइएको छ। बहसका लागि  ६ घण्टा ५० मिनेट समय बाँकी रहेको छ ।  यही समय अविधिमा सभामुखका वकिलहरुका लागि १ घण्टाको समय दिइनेछ।