२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

देशभर आजदेखि शुक्रबारसम्म धेरै वर्षा हुने सम्भावना, कुन-कुन जिल्ला बढी जोखिममा ?

देशभर आजदेखि शुक्रबारसम्म धेरै वर्षा हुने सम्भावना, कुन-कुन जिल्ला बढी जोखिममा ?
अ अ+ अ-

काठमाडौं । नेपालका पाँच वटा प्रदेशका विभिन्न भागमा बुधबारबाट मनसुन थप सक्रिय भएको र शुक्रबारसम्म धेरै स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बुधवार दिउँसो र राति अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।

बिहीबार भने बुधवारको दाँजोमा यी प्रदेशका अलि बढी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागकी मौसमविद् सजिना शाक्यले बताउनुभयो। 'केही स्थान भन्नाले ३० देखि ५० प्रतिशत क्षेत्रमा पानी पर्छ,' मौसमविद् शाक्यले भन्नुभयो।

शुक्रबार दिउँसोदेखि कर्णाली प्रदेशमा अत्यधिक वर्षा कम हुने र रातिदेखि प्रदेश नम्बर २ मा पनि अत्यधिक वर्षाको सम्भावा टर्दै जाने विभागले जनाएको छ। विभागले बुधबार बिहान ६ बजे बुलेटिन जारी गर्दै यी पाँच प्रदेशका थोरै स्थानहरूमा अत्यधिक वर्षा तथा एक वा दुई स्थानहरूमा त्योभन्दा अझ धेरै वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा सचेत रहनुपर्ने जनाएको छ।

उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्नेछ। 'दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमानले आग्रह गरेको छ। 

कुन-कुन क्षेत्र जोखिममा ?
यो वर्ष मनसुनमा विगतका वर्षभन्दा धेरै पानी पर्ने अनुमान गरिएका कारण जोखिम पनि धेरै रहेको बताइन्छ।

अब हुने अत्यधिक वर्षाका कारण थुप्रै क्षेत्रहरू जोखिममा रहेको मौसमविद् शाक्यले बताउनुभयो। 'यसअघि परेको पानीले नै माटो गलाइसकेको छ र त्यसमाथि भारी वर्षा हुँदा जोखिम धेरै छ,' शाक्यले भन्नुभयो।

प्राधिकरणका अनुसार वाग्मती प्रदेशका सात वटै जिल्ला र कर्णाली र गण्डकी प्रदेशका पहाडी जिल्लाहरू बढी जोखिममा छन्।

जोखिममा रहेका जिल्लामा खास गरी गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, ताप्लेजुङ, स्याङ्जा, दैलेख, रुकुम, कालिकोट रुकुमलगायत छन्।