२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय भयो- प्रदीपकुमार ज्ञवाली

दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय भयो- प्रदीपकुमार ज्ञवाली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकार दिनुभयो । 

सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकतालाई बदर गरी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)लाई ब्युँताएपछि एमालेको २०७७ साल चैत्र ७ गते बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिती तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । तर सर्वोच्च अदालतले २०७८ जेठ २७ गते फैसला गर्दै सो महाधिवेशन कमिटीलाई वैधता नदिएका कारण एमालेले आजको २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको नेकपा(एमाले)को केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको हो ।

बैठकले नेकपा(नेकपा)मा रहदा स्थायी कमिटी सदस्य रहेका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणीचन्द्र थापा, विष्णु रिमाल, रघुविर महासेठ, रघुजी पन्त र बेदुराम भुसाललाई एमालेको स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

प्रवक्ता ज्ञवालीले एमालेले बैशाख १२ गते र जेठ १० गते पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई गरेको कारबाही निष्प्रभावि भएको पनि बताउनुभयो । बैठकले पार्टी एकतामा रचनात्मक र सिर्जनात्मक योगदान गर्न नेता कार्यकर्तालाई आव्हान पनि गरेको छ । प्रवक्ता ज्ञवालीले भन्नुभयो –‘२०७८ बैशाख १२ गतेको दशौँ महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठक र जेठ १० गते बसेको स्थायी कमिटीको सातौँ बैठकले पार्टीका नेता, कार्यकर्तामाथि कारबाही गरिएको अवस्था थियो ।

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरीत गर्ने यो फैसलासँगै त्यो कारबाही निष्प्रभावि भएको छ । अब त्यो कारबाहीको कुनै सन्दर्भ रहेन । यो निर्णय सँगै पार्टी एकतालाई थप सुदृढ गर्ने, एकताबद्ध गर्ने एउटा नयाँ आधार पनि सिर्जना भएको छ । त्यो आधारलाई सम्मान गर्दै, कदर गर्दै, पार्टी एकतामा रचनात्मक, सिर्जनात्मक योगदान गर्न नेता, कार्यकर्ताहरुलाई पार्टीले आव्हान गरेको छ आजको बैठकबाट ।’

बैठकले भारतमा उपचाररत एमाले बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना समेत गरेको छ । केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।