४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीसँग युएईको लगातार तेस्रो हार



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी(पीएनजी) ले यूएईलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा पीएनजीले यूएईलाई ५६ रनले पराजित गरेको हो ।

लिग २ मा यूएई पीएनजीसँग लगातार तेस्रो पटक पराजित भएको छ । पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको युएईले ४२ ओभर २ बलमा १ सय ९० रन बनाएर अलआउट भयो।

युएईका लागि आर्यान लाक्राले सर्वाधिक ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान मुहम्मद वासिमले ४१ रन बनाए भने जावर फरिद र सीपी रिजवानले समान १९र१९ रन बनाए ।

पीएनजीका लागि राईली हेकुरेले ३ विकेट लिए । असद भाला र कबुवा मोरियाले समान २/२ विकेट लिए भने सिमो कमिया र नर्मन भानुवाले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको थियो । पीएनजीका लागि सेसे बाउ, किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए ।

सेसे बाउले १ सय ६ बल १० चौकाको सहयोगमा सर्वाधिक ८१ रन बनाए । यस्तै, ८५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा हिरि हिरिले ७७ रन बनाए भने किप्लीन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाए ।

यूएईका लागि आयान खानले ३ विकेट लिए । जुनेद सिद्धिकी र जाहोर खानले समान २/२ विकेट लिए भने कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १/१ विकेट लिए ।