२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीसँग युएईको लगातार तेस्रो हार



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी(पीएनजी) ले यूएईलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा पीएनजीले यूएईलाई ५६ रनले पराजित गरेको हो ।

लिग २ मा यूएई पीएनजीसँग लगातार तेस्रो पटक पराजित भएको छ । पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको युएईले ४२ ओभर २ बलमा १ सय ९० रन बनाएर अलआउट भयो।

युएईका लागि आर्यान लाक्राले सर्वाधिक ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान मुहम्मद वासिमले ४१ रन बनाए भने जावर फरिद र सीपी रिजवानले समान १९र१९ रन बनाए ।

पीएनजीका लागि राईली हेकुरेले ३ विकेट लिए । असद भाला र कबुवा मोरियाले समान २/२ विकेट लिए भने सिमो कमिया र नर्मन भानुवाले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको थियो । पीएनजीका लागि सेसे बाउ, किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए ।

सेसे बाउले १ सय ६ बल १० चौकाको सहयोगमा सर्वाधिक ८१ रन बनाए । यस्तै, ८५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा हिरि हिरिले ७७ रन बनाए भने किप्लीन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाए ।

यूएईका लागि आयान खानले ३ विकेट लिए । जुनेद सिद्धिकी र जाहोर खानले समान २/२ विकेट लिए भने कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १/१ विकेट लिए ।