२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

वर्तमान सरकारले विकास निर्माणको गतिलाई अघि बढाएको छ: प्रधानमन्त्री ओली

वर्तमान सरकारले विकास निर्माणको गतिलाई अघि बढाएको छ: प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन लोकप्रिय हुँदै गएको बताउनुभएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दे उहाँले वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “योजनावद्ध दृष्टिकोण सहितको विकासको तिब्र आकांक्षा र त्यस आकाक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन बढी लोकप्रिय हुदै अगाडि बढीरहेको छ ।” बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तराष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो“राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्बद्र्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्टहरुको सम्बन्धमा कतै असमझदारी पैदा भईहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउदै लगेका थियौ । विकास गर्दे लगेका थियौ । इतिहासमा पहिले कहिलेही नभएका ठूला ठूला सकारात्मक लक्ष्यहरु प्रकट भएका थिए ।” सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदमा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरु व्यवहारमा भद्धा ढंगले प्रकट हुँदै आएको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “खासगरि सञ्चारमाध्यममा पार्टीका नीतिहरु अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइजति र अपमान गर्ने र सरकारले गरेका राम्रा उपलब्धिहरुको चर्चा नगर्ने लगायतका थुप्रै प्रयासहरु चलिरहे । प्रचारात्मक ढंगले । यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ । जनता दुखी छन् र निराश छन् । ”

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई बर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी गर्नुभयो । पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरु जालझेल, षडयन्त्र,तिकडमका साथ गुटबन्दिमा क्रियाशिल भएको जिकिर प्रधानमन्त्री ओलीले गर्नुभयो । अहिले त्यो खेल विरोधीहरुसंगको साँठगाठमा प्रवेश गरेको पनि उहाँले टिप्पणी गर्नुभयो । पार्टीभित्र पार्टी सञ्चालनका लागि अबैध सम्झौता गर्नुपर्ने अवस्था श्रृजना गरिएको उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “सरकारको नेतृत्वको दुई बर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता सुरु भयो । पदीय आकांक्षाका लागि । अस्वस्थ्य पदीय आकांक्षाका लागि । जालझेल, षडयन्त्र, तिकडमबाट, पार्टीभित्रको अस्वस्थ्य गुठबन्दिबाट अस्थिरता पार्टीमा पैदा गर्न केही तत्वहरु पार्टीभित्र क्रियाशिल भए । त्यससले पार्टी भित्र असहज वातावरण तर्फ लग्यो । २ बर्ष पुरा भईसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो । अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो । अस्थिरता ल्याउने खेल सुरु भयो । त्यो खेल अब विरोधीहरुसंगको साँठगाठमा गयो । जे भेटिन्छ त्यसको प्रयोग गर्ने । जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने । यस खालका प्रयास हुँदै आए ।”

उहाँले गुटबन्दीमा संलग्न केही व्यक्तिका क्रियाकलापका कारण पार्टी असहज, असामान्य स्थिति र दुर्घटनातर्फ जादैछ भन्ने स्थिति सम्म श्रृजना भएको बताउनुभयो । उहाँले पार्टी भित्रैको एक समुहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफुलाई साधरण सदस्यता पनि नरहने गरि निष्कासन गरेको स्मरण गर्नुभयो ।

पार्टी भित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरु बन्न नदिएर अल्झाउने काम भएपछि आफुले संसद विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिसिभा पुर्नस्थापना पछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको पनि चर्चा गर्नुभयो