५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीले युएईलाई २४७ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी(पीएनजी) ले यूएईलाई २ सय ४७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४६ रन बनायो ।

पीएनजीका लागि सेसे बाउ, किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए । सेसे बाउले १ सय ६ बल १० चौकाको सहयोगमा सर्वाधिक ८१ रन बनाए । यस्तै, ८५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा हिरि हिरिले ७७ रन बनाए भने किप्लीन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाए ।

यूएईका लागि आयान खानले ३ विकेट लिए । जुनेद सिद्धिकी र जाहोर खानले समान २र२ विकेट लिए भने कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १र१ विकेट लिए ।

विश्वकप लिग टू का ४ खेलमा पीएनजीले यूएईलाई ३ पटक पराजित गरेको छ ।

यूएई विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने पीएनजी ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको अन्तिममा छ ।