५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीले युएईलाई २४७ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी(पीएनजी) ले यूएईलाई २ सय ४७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४६ रन बनायो ।

पीएनजीका लागि सेसे बाउ, किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए । सेसे बाउले १ सय ६ बल १० चौकाको सहयोगमा सर्वाधिक ८१ रन बनाए । यस्तै, ८५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा हिरि हिरिले ७७ रन बनाए भने किप्लीन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५५ रन बनाए ।

यूएईका लागि आयान खानले ३ विकेट लिए । जुनेद सिद्धिकी र जाहोर खानले समान २र२ विकेट लिए भने कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १र१ विकेट लिए ।

विश्वकप लिग टू का ४ खेलमा पीएनजीले यूएईलाई ३ पटक पराजित गरेको छ ।

यूएई विश्वकप लिग टूमा ३२ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने पीएनजी ३३ खेलमा ९ अंक जोडेर अंक तालिकाको अन्तिममा छ ।

 




भर्खरै