२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांक निवासमा पौडेल समूहका नेताहरुको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको दौडधुप जारी छ । यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेल समूह महाराजगञ्जमा छलफलका लागि जुटेका छन् । 

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै गुटगत छलफलले तीव्रता पाएको छ ।

बैठकमा नेता पौडेल र महामन्त्री कोइरालासहित नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, डा. शेखर कोइरालालगायत सहभागी रहेको बताइएको छ ।

संस्थापनइतर समूहमा नेतृत्वका आकांक्षी धेरै भएपछि सहमति जुटाउन नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । 

आजको बैठकमा निधि, कोइराला र सिंहबीचको तीन चरणको लन्च मिटिङका बारेमा पनि छलफल हुने बताइएको छ । तीनैजनाले नेतृत्वमा दाबी गर्दै आएका छन् ।