२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार भक्तपुरको सल्लाघारी फिडर र निकोशेरा फिडरमा विद्युत आपूर्ति बन्द हुने



अ+ अ-

काठमाडौं । भक्तपुरको सल्लाघारी फिडर र निकोशेरा फिडरमा भोलि (बिहीबार) विद्युत आपूर्ति बन्द हुने भएको छ। 

भौतिक पूर्वाधार तथा वातावरण मन्त्रालय सडक विभाग काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत पुरानो थिमिबाट निकोशेरा चोकसम्म सडक विस्तारका लागि सडक मापदण्डमा परेका विद्युतीय संरचना स्थानान्तरण कार्यको लागि ती स्थानमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण थिमि वितरण केन्द्रले जनाएको छ। 

सल्लाघारी फिडरअन्तर्गत मध्यपुर थिमि, राधेराधे, चारदोबाटो चोक, शंखधर चोक, गठ्ठाघर, कौशलटार, बालकोट, नयाँ बस्ती, ब्रम्हनगर, वृहस्पति मार्ग, रोजभिलेज, धारापाटी क्षेत्र रहेका छन् भने निकोशेरा फिडर अन्तर्गत पुरानो थिमि, निकोशेरा, कुण्डोल, गाँखु, कमेरोटार, भाटभटेनी क्षेत्र रहेका छन्। उक्त ठाउँहरुमा बिहान साढे ९ बजेदेखि बेलुका ५ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।