१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

आज एमसीसी टेबल नहुने

आज एमसीसी टेबल नहुने
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल नगर्न सहमत हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उहाँ एमसीसी टेबल नगर्न सहमत हुनुभएको हो ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटी एमसीसी टेबल नगर्न आग्रह गर्नुभएको थियो । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन नगरी एमसीसी पारित गर्न नहुने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबल गर्न खोजे सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री देउवा सत्ता गठबन्धन भत्किने डरले एमसीसी टेबल नगर्न सहमत हुनुभएको हो ।

संसदीय दलको बैठक सकिएपछि दलको निर्णय सुनाउन अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । उहाँले प्रधानमन्त्री देउवालाई एमसीसी टेबल भए सत्ता गठबन्धनबाट बाहिरिने बताउनुभएको थियो । सत्ता गठबन्धनमा माओवादी केन्द्रसँगै नेकपा (एकीकृत समाजवादी) पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने पक्षमा रहेको छ । यद्यपि उसको अहिलेसम्म स्पष्ट धारणा आएको छैन ।

यसैबीच प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे अधिकतम सहमति कायम गर्न भोलि बिहीबार दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ ।