२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’

आज एमसीसी टेबल नहुने

आज एमसीसी टेबल नहुने
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल नगर्न सहमत हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उहाँ एमसीसी टेबल नगर्न सहमत हुनुभएको हो ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटी एमसीसी टेबल नगर्न आग्रह गर्नुभएको थियो । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन नगरी एमसीसी पारित गर्न नहुने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबल गर्न खोजे सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री देउवा सत्ता गठबन्धन भत्किने डरले एमसीसी टेबल नगर्न सहमत हुनुभएको हो ।

संसदीय दलको बैठक सकिएपछि दलको निर्णय सुनाउन अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । उहाँले प्रधानमन्त्री देउवालाई एमसीसी टेबल भए सत्ता गठबन्धनबाट बाहिरिने बताउनुभएको थियो । सत्ता गठबन्धनमा माओवादी केन्द्रसँगै नेकपा (एकीकृत समाजवादी) पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने पक्षमा रहेको छ । यद्यपि उसको अहिलेसम्म स्पष्ट धारणा आएको छैन ।

यसैबीच प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे अधिकतम सहमति कायम गर्न भोलि बिहीबार दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ ।